PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिपाशाले बुद्धि र अग्रजलाई दिइन् ४४० को झट्का



दिपाशाले बुद्धि र अग्रजलाई दिइन् ४४० को झट्का

काठमाडौं : प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘धुलो’ युनिटले प्रचारप्रसारलाई तीव्रता दिएको छ। केही दिनअघि ट्रेलर सार्वजनिक भएको फिल्मको शुक्रवार ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत दर्शक माझ ल्याइएको छ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा-रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको फिल्मको सो आइटम गीत दुर्गा खरेलले गाएकी हुन्। केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ। संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ आगामी शुक्रवार अर्थात् १६ फागुनमा एकल प्रदर्शनमा उत्रदै छ।

गीतमा बुद्धि तामाङ, अग्रज केसी र दिपाशा विसी ‘फिचर्ड’ छन्। निर्देशक मिश्रका अनुसार उक्त आइटम गीत ‘ड्रिम सिक्वेन्स’ हो। सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ।

यथार्थपरक विषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य भुमिकामा छन् भने नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको विशेष भूमिका छ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुयाल छन्।

हेर्नुहोस् भिडियो :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell