PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

ब्याचलर पार्टीमा प्रियंकालाई आयुष्मानको च्यालेन्ज, हेर्नुस् कपीक्याट फोटो



ब्याचलर पार्टीमा प्रियंकालाई आयुष्मानको च्यालेन्ज, हेर्नुस् कपीक्याट फोटो

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यही फागुन १५ मा विवाह बन्धनमा बाधिँदै छन्। विवाहको मिति नजिकिँदै गर्दा यो जोडी छुट्टाछुट्टै ब्याचलर पार्टीमा रमिरहेका छन्।

केही समय अगाडि प्रियंका आफ्ना निकट साथीलाई लिएर थाइल्यान्ड पुगिन्। वान वनाया भिलामा खिचिएका तस्विर सामाजिक सञ्जालमा भाइरल भए।

उता केही समयपछि आयुष्मान आफ्ना साथीहरु लिएर पोखराको वाटर फ्रन्ट रिसोर्टमा पुगे। यसअघि प्रियंका र उनका साथीहरुले जस्तो तस्विर खिचाएका थिए त्यस्तै फोटो पोखराबाट आयो आयुष्मानको।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

“My most beautiful Bokaz👬♥️🥰” . WHO DID IT BETTER? Swipe👉🏻

A post shared by Ayushman Joshi (@ayushmandsj) on

मिति पक्का भएसँगै विवाहपछि छुट्टै बस्नको लागि प्रियंका र आयुष्मानले भैसेपाटीमा घर समेत किनिसकेका छन्। अहिले उनीहरु नयाँ घरको सजावटमा व्यस्त छन्। घरको सजावटसँगै उनीहरु विवाहको तयारीमा पनि जुटेका छन्।

प्रियंका र आयुष्मानको ‘इन्गेजमेन्ट’ भएको करिब दुई वर्ष पछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका उनीहरुको ब्याचलर पार्टीका तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell