PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बर्दीमा देख्दा अपराधी काप्ने किसिमको काम प्रहरीले गर्नुपर्‍यो : डिआइजी विश्वराज पोखरेल



बर्दीमा देख्दा अपराधी काप्ने किसिमको काम प्रहरीले गर्नुपर्‍यो : डिआइजी विश्वराज पोखरेल

काठमाडौं : महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) विश्वराज पोखरेलले प्रहरीको कामले अपराधीहरु तर्सिने अवस्था सिर्जना हुने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

प्रहरी मेस सुधार अभियान अन्तर्गत आइतवार महानगरीय प्रहरी वृत गौशलाको मेस उद्घाटन गर्न पुगेका डिआइजी पोखरेलले प्रहरीको अनुसन्धान तथा कामले अपराधी त्रसित हुने अवस्था आउने गरी काम गर्न निर्देशन दिएका हुन्। 'तपाईहरुको अनुसन्धान र कामकारबाही यस्तो बनाउनुहोस्। बर्दी लगाएर बाहिर निस्किँदा अपराधीहरु कापुन्,' डिआइजी पोखरेलले भने।

डिआइजी पोखरेलले कार्यालयको जिम्मेवारी सम्हाल्नेदेखि उपत्यकाभित्रका प्रहरीको मेस सुधार योजना अघि सारेका छन्। सिनियर प्रहरी र जवान प्रहरी सबैले एकै ठाउँमा राम्रो वातावरणमा स्वस्थ्यकर खाना खुवाउने उदेश्यले मेस सुधार योजना अघि सारेको डिआइजी पोखरेलले बताए। 'संगठनभित्र रहेका प्रहरीबीच विभेद हुनुहुँदैन। सुधार सानो कुराबाट नै गर्ने हो। प्रहरीले स्वच्छ र सफा खाना खान पाए भने पनि उसको काममा धेरै प्रभाव पर्ने गर्दछ,' डिआइजी पोखरेलले भने।

काठमाडौंभित्र रहेका वृतमध्ये ६ मा सुधारिएका मेसको उद्घाटन भइसकेको छ। त्यस्तै डिआइजी पोखरेलले प्रहरीको सरसफाईलाई ध्यानमा राख्दै कार्यालयमा कपडा धुन वासिङ मेसिनसमेत व्यवस्था गर्ने बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखामा पहिलो पटक मेसिन ल्याउन लागेको हो। 'दिनरात बाटोमा खटिने प्रहरीको सफाई पनि महत्वपूर्ण छ। त्यसैले प्रहरीको सफाईमा ध्यान दिँदै वासिङ मेसिनको व्यवस्था गर्दैछौं,' डिआइजी पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell