PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमण : भारतीय विमानस्थलमा काठमाडौंबाट जाने यात्रुहरुको स्क्रिनिङ हुने



कोरोना संक्रमण : भारतीय विमानस्थलमा काठमाडौंबाट जाने यात्रुहरुको स्क्रिनिङ हुने

काठमाडौं : विमानबाट काठमाडौं हुँदै भारत जाने यात्रुहरुको हेल्थ स्क्रिनिङ हुने भएको छ। चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध भारत सरकारले यसअघि चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्‍ड र सिंगापुरबाट आउने यात्रुहरुको हेल्थ स्क्रिनिङ गरिरहेको थियो। भारत सरकारको मुख्य सचिवको अध्यक्षतामा बसेको 'रिभ्यु मिटिङ'मा अब काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न निर्देशन दिइएको हो। 

यो निर्णयसँगै मुम्बईमा रहेको क्षत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल नेपालबाट पुग्ने यात्रुहरुको स्क्रिनिङ गर्न शुरु गरिएको छ। विमानस्थलमा नै ती यात्रुहरुमा कोरोना भाइरसको संक्रमण रहेको नरहेकोबारे परीक्षण हुनेछ।

नेपालमा हालसम्म एकजनामा मात्रै कोरोना भाइरस संक्रमण देखिएको छ। यद्यपि, संक्रमित व्यक्तिबारे हालसम्म केही सार्वजनिक गरिएको छैन। गत शनिवार मात्रै कोरोना आउट ब्रेक सेन्टर वुहानबाट १७५ नेपालीहरुलाई एयरलिफ्ट गर्दै काठमाडौं ल्याइएको थियो। उनीहरुलाई हाल भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

सरकारले क्वारेन्टाइनमा रहेका कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको बताइसकेको छ। यद्यपि, कोरोनाविरुद्ध लड्न सरकारले गरेको फितलो तयारीलाई भारतले नेपालबाट आउने यात्रुहरुको स्क्रिनिङ शुरु गरेको हुन सक्ने बताइएको छ।

यस भाइरसका कारण चीनमा मात्रै २ हजार ३ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। चीनबाहिर दक्षिण कोरिया,जापान फ्रान्स र इरानमा समेत यस भाइरसबाट संक्रमितको मृत्यु भइसकेको छ। विश्वभर करिब ७८ हजारमानिसमा कोरोनाको संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell