PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

इजरायलमा राजनीतिक संकट बढ्दै, एक वर्षभित्रै तेस्रो आमनिर्वाचन हुँदै



इजरायलमा राजनीतिक संकट बढ्दै, एक वर्षभित्रै तेस्रो आमनिर्वाचन हुँदै
फोटो : AFP

इजरायलमा मुख्य दलहरुबीच सहमति हुन नसक्दा सरकार गठन अनिश्चित बनेको छ। सरकार गठनका लागि दुईपटक भएको निर्वाचनमा कुनैपनि पार्टीले बहुमत ल्याउन नक्दा सरकार गठनका लागि इजरायलमा पुन: आमनिर्वाचन हुने भएको छ। यससँगै इजरायलमा एक बर्षभित्रै तेस्रोपटक आमनिर्वाचन हुने भएको छ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा दुईपटक निर्वाचन भइसकेको छ। उक्त निर्वाचनमा दक्षिणपन्थी नेता एवम प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्रमुख विपक्षी दल ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेनन्।  दुवै दलले सरकार गठनका लागि साना दलसँग सहमति गर्ने प्रयास समेत गरेका थिए। तर कुनै पनि दलसँग सहमति नहुँदा तेस्रोपटक निर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको स्थानीय संचार माध्यमले जनाएको छ।

आगामी मार्च २ मा इजरायलमा तेस्रोपटक आमनिर्वाचन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell