PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'आयंका'को ब्याचलर ट्रिपका फोटोहरु बने ट्रोलको शिकार



'आयंका'को ब्याचलर ट्रिपका फोटोहरु बने ट्रोलको शिकार

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ गते विवाह बन्धनमा बाँधिदै छन्।

विवाह मिति नजिकिएसँगै प्रियंका र आयुष्मान आफ्ना निकटका साथीहरुसँग छुट्टाछुट्टै ब्याचलर पार्टीमा रमाए। जनवरीमा प्रियंका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन्। उनीहरुले थाइल्यान्डमा ब्याचलर पार्टी मनाउँदा खिचाएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए।

यता केहीदिन अघि मात्रै आयुष्मानले पनि आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाएका छन्। पोखराको वाटर फ्रन्ट रिसोर्ट पुगेका उनीहरुले प्रियंकालाई च्यालेन्ज गर्दै इन्स्टाग्राममा आफ्नो ब्याचलर पार्टीका केही तस्विरहरु शेयर गरेका थिए।

तस्विरमा आयुष्मान र उनका साथीहरुले प्रियंकाको 'ब्राइड टिम' को नक्कल गरेका छन्। आयुष्मानले प्रियंकाको 'कपी' गरेको तस्विर शेयर गरेको केही क्षणमै सामाजिक सञ्जालमा भाइरल भए।

तस्विर भाइरल भएसँगै सामाजिक सञ्जालमा प्रियंका र आयुष्मानलाई लिएर विभिन्न ट्रोलहरु बनिरहेका छन्।

बलिउड अभिनेता आयुष्मान खुराना र आयुष्मान देशराज श्रेष्ठ जोशीको तुलना गरेर पनि ट्रोलहरु बनेका छन्। सामाजिक सञ्जाल फेसबुकको 'नेपाली फिल्म' नामक ग्रुपमा एक प्रयोगकर्ताले नेपालका आयुष्मान र बलिउडका आयुष्मानको तुलना गर्दै ट्रोल शेयर गरेका छन्।

 

उक्त ट्रोलमा लेखिएको छ, 'जब जिन्दगीले तपाईलाई आयुष्मान दिन्छ, खुराना बन्नुहोस देशराज जोशी होइन्।' 

त्यस्तै अर्को तस्विरमा प्रियंका र आयुष्मानको ब्याचलर पार्टीको तुलना गरिएको छ। जसमा उनीहरुको 'पोज'लाई अनलाइन सपिङमार्फत अर्डर गरिने सामानसँग तुलना गरिएको छ। जसमा लेखिएको छ 'तपाईंले के अर्डर गर्नु भयो र तपाईले के पाउनुभयो।'

'अविवाहित संगठन' नामक ग्रुपमा प्रियंकाको ब्याचलर पार्टीको तस्विर शेयर गरिएको छ। जसमा प्रियंका र उनको साथीहरु समुद्री तटमा उभिरहेको तस्विरलाई इडिट गरेर आयुष्मान र उनको साथीहरुको टाउको जोडिएको छ। यो तस्विरलाई रमाइलो मान्दै आयुष्मानका भाइ आशिरमानले आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेका छन्।  

 

इडिट गरिएको तस्विरलाई प्रियंकाले राम्रो भन्दै इन्स्टाग्राममा आफू नि:शब्द भएको उल्लेख गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell