PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता



सुमित मिश्र

राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल कुमारी झाको राजीनामा फिर्ता भएको छ। राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा झाले आजै मन्त्रालय पुगेकी छिन्।

प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन्। राजपाको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि उनले राजीनामा फिर्ता लिएको र मन्त्रालयमा पुगेर काम गर्न शुरु गरेको उनले बताइन्।

उनले भनिन्, ‘आफूलाई प्रदेश सभा सदस्य र राज्यमन्त्री बनाएकाले पार्टीको आदेशलाई आफूले अस्वीकार गर्न सक्दिन।’

राज्यमन्त्री झाको राजीनामापछि प्रदेश २ मा सरकार परिवर्तन हुने हल्ला समेत चलेको थियो। राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवको भारत भ्रमण र राज्यमन्त्रीको राजीनामा फिर्तापछि अहिले सरकार परिवर्तनको सम्भावना समेत न्यून भएको विश्लेषकहरु बताउँछन्।

राजीनामा दिनुअघि प्रदेश सरकारको कार्यक्रममा राजपाका मन्त्रीलाई महत्व नदिएको आरोप मन्त्री झाले लगाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell