PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वभर फैलिँदै कोरोना, के बन्दै छ नयाँ पान्डेमिक?



विश्वभर फैलिँदै कोरोना, के बन्दै छ नयाँ पान्डेमिक?

नोवेल कोरोना भाइरस यतिबेला चीनबाहिर २७ देशमा पुगिसकेको छ। २०१९ को डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउट ब्रेक भएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल जारी गरिसकेको छ। अहिले विज्ञहरु कोभिड-१९ अझै कति फैलिन्छ र कति जनालाई संक्रमित पार्छ भन्ने चिन्तामा परेका छन्।

अझै पनि कोभिड-१९ लाई 'ग्लोबल पान्डेमिक'को रुपमा घोषणा गरिएको छैन। तर पनि विश्व स्वास्थ्य संगठनका अधिकारीहरु विश्वव्यापी पाण्डामिकको चरणमा पुगेको भन्दै त्यसको तयारीमा जुटेको बीबीसीले जनाएको छ।

के हो पान्डेमिक?

लगातारमा रुपमा विश्वभर नै अधिक संख्यामा मानिसहरुलाई संक्रमित बनाउने रोगलाई पान्डेमिकको रुपमा व्याख्या गरिँदै आएको छ।

पान्डेमिकको पछिल्लो उदाहरण सन् २००९ को स्वाइन फ्लू पानेडेमिक हो। विज्ञहरुले यसबाट लाखौँ मानिसको मृत्यु हुने अनुमान गरेका थिए। भाइरस नयाँ रुपमा देखियो सजिलै आम मानिसमा संक्रमण फैलाने खालको भयो भने पान्डेमिक भनिन्छ।

कोरोना भाइरसले यसमा उपस्थिति जनाइसकेको छ। भ्याक्सिन र उपचार हालसम्म पत्ता लागेको छैन। विश्वव्यापी रुपमा फैलिँदै गएको छ।

पान्डेमिक घोषणा कहिले? 

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस पान्डेमिकको रुपमा आफ्नो नाम दर्ज गराउन एकमात्र स्टेप पर छ।

यो मानिसमा लगातार रुपमा फैलिइरहेको छ। अधिकांश चीनका छिमेकी देशमा यसले प्रभाव देखाउँदै गएको छ। यदि हामीले यसको संक्रमणलाई नियाल्ने हो भने यसले विश्वका अधिक भागमा संक्रमण देखाउनुका साथै अधिक समुदायमा प्रभाव पारेकोले यो नयाँ पान्डेमिक बन्ने तर्फ छ।

यो अझै पनि स्पष्ट हुन सकेको छैन कि कोरोना भाइरसको संक्रमण कति विस्तार हुन्छ र कति देशसम्म फैलिन्छ।

विश्व स्वास्थ्य संगठनका महासचिव डाक्टर तेडरोस अधनोमले भाइरस अझै फैलिन सक्ने बताउँदै आएका छन्।

'अहिले नै हामी भाइरसले विश्वव्यापी रुपमा प्रभाव पारेको र ठूलो संख्यामा मानिसको मृत्यु भएका घटनामा साक्षी बनिसकेका छैनौँ,' उनले भनेका छन्।

चीनमा मात्र अहिले ८० हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २६ सय बढीको मृत्यु भएको छ।

हरेक पान्डेमिकहरु फरक फरक हुन्छन्। कुनै पनि भाइरसको संक्रमण फैलिँदै गर्दा यसको प्रभाव कति हुन्छ भनेर आँकलन गर्न सकिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell