PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमसिसीविरुद्ध प्रदर्शन गर्दा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष गजुरेलसहित ३ जना पक्राउ



एमसिसीविरुद्ध प्रदर्शन गर्दा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष गजुरेलसहित ३ जना पक्राउ
फोटो : बसन्त बोगटी/फेसबुक

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। एमसिसी तथा नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरुद्ध नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार दिउँसो आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गर्दै गर्दा अध्यक्ष गजुरेल, केन्द्रीय सदस्य सुलभ वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवं अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागीहरुले एमसिसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्द गर्नुपर्ने माग गरेका थिए। उनीहरुले ‘भारतीय सेना कालापानी छोड, छोड, छोड कालापानी छोड’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘एमसिसी खारेज गर’, ‘भारतीय विस्तावाद मुर्दावाद’, ‘कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell