PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लिपुलेकमा भारतले सडक बनाइसक्यो, सरकारको ध्यानाकर्षण होस् : भीम रावल



लिपुलेकमा भारतले सडक बनाइसक्यो, सरकारको ध्यानाकर्षण होस् : भीम रावल
नेकपा सांसद भीम रावल (फाइल फोटो)।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताए।

सांसद रावलले सरकारले सीमा सुरक्षाका लागि चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडी बढाउन आग्रह गरे। तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रसंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माण गर्न माग गरे।

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गरे। प्रवुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएको सन्दर्भमा उनले सरकारको ध्यानाकर्षण गराए। नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषय महत्पूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानुन अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडी बढाउन आग्रह गरे।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताए। ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको उनको भनाइ थियो। 

रावलले पार्टी र अख्तियार दुरुपयोग अनुन्धान आयोगको काम कारबाहीको भने बचाउ गरेका छन्। ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला रावलले यसको बचाउ गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell