PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा संसदीय व्यवस्था समाप्त गर्ने बाटोमा, कांग्रेस गति छाडा : उपेन्द्र यादव 



नेकपा संसदीय व्यवस्था समाप्त गर्ने बाटोमा, कांग्रेस गति छाडा : उपेन्द्र यादव 
फाइल फोटो

काठमाडौं :  समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय व्यवस्था समाप्त गर्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधनका लागि बनाएको आरोप लगाएका छन्।

पार्टीको प्रवास कमिटीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा यादवले जनताबाट निर्वाचित नभइ प्रधानमन्त्री बनाउने व्यवस्था गर्न कार्यदलले संसदीय प्रणाली नै समाप्त गर्न खोजिएको आरोप लगाएका हुन्।

यादवले भने, 'संसारको संसदीय व्यस्थाको मूल आधार नै जनताबाट निर्वाचित संसदबाट बहमुतप्राप्त व्यक्ति  मात्रै प्रधानमन्त्री हुन पाउने व्यस्था छ। त्यसलाई समाप्त पार्न खोजियो।' 

उनले लोकतन्त्रको मोडालिटी अन्य देशको जस्तो हुन नसक्ने पनि बताए। आर्थिक विकास गरेर मात्रै समाजवादको यात्रामा जान सकिने बताए।

यादवले अहिले राजनीति समाजवाद विमुख भएको आरोप पनि लगाए। उनले संविधानको परिमार्जन संशोधनको आवश्यकता रहेको बताए। शनिवार नेकपाले वामदेव गौतमका लागि संविधान संशोधन गर्न कार्यदल बनाएको चर्चा भइरहेको छ।

यादवले मुलुकलाई सही दिशामा लैजान कम्युनिस्टले नचाहेको र कांग्रेस गति छाडा भएको आरोप पनि लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell