PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाढी पीडितका लागि बस्ती निर्माण गर्न सहयोग जुटाउँदै ‘अन्जु पन्त फाउन्डेसन’



बाढी पीडितका लागि बस्ती निर्माण गर्न सहयोग जुटाउँदै ‘अन्जु पन्त फाउन्डेसन’

काठमाडौं : ‘अन्जु पन्त फाउन्डेसन’ यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेका बढी पीडितहरुका लागि बस्ती निर्माणको तयारीमा लागेको छ।

बाढीबाट पटेर्वाको बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूका लागि बस्ती निर्माण गर्न फाउन्डेसन रकम संकलनमा लागेको हो।

बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने अनुमान छ। अन्जु पन्त फाउन्डेसनले ‘गो फन्ड मी’  मार्फत् सहयोगको अपिल समेत गरेको छ।

इच्छुकहरूले सकेको सहयोग गर्न सक्ने छन्। विगत लामो समयदेखि गैह्रनाफामूलक संस्थाको रुपमा काम गर्दै आएको फाउन्डेसनले यसअघि गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक तथा दुर्गममा रहेका गरिब र असहायका लागि विभिन्न सहयोग गरेको थियो।

यसैक्रममा पर्साको पटेर्वास्थित मोर टोलमा रहेका गरिब तथा विपन्न समुदायलाई बासस्थानको जोहो गरिदिन फाउन्डेसनले प्रक्रिया अघि बढाइसकेको छ।

फाउन्डेसनकी प्रमुख तथा गायिका अन्जु पन्तका अनुसार बस्ती निर्माणका लागि विभिन्न देशमा आयोजना भएका कार्यक्रमबाट केही रकम जुटिसकेको र बाँकी रकम विस्तारै जुटाएर जति सक्दो चाँडो बस्ती निर्माण कार्य शुरु गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell