PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि म्यानचेस्टर सिटीको जित



च्याम्पियन्स लिग : रियल मड्रिडमाथि म्यानचेस्टर सिटीको जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस फुटबल क्लब रियल मड्रिडमाथि इङलिस क्लब म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ। घरेलु टोली मड्रिडलाई सिटीले २-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिसस र केभिन डि ब्रुइनले १/१ गोल गरे। अर्कोतर्फ रियल मड्रिडका लागि इस्कोले १ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडले दोस्रो हाफमा अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा इस्कोले मड्रिडलाई अग्रता दिलाए। तर ७८ औं मिनेटमा डिब्रुइनको पासमा जिससले गोल गरेपछि म्यानचेस्टर सिटी खेलमा फर्कँदै बराबरी गर्‍यो। फेरि ८३ औं मिनेटमा डी ब्रुइन पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेपछि सिटीले घरेलु टोलीलाई पछि पारेको थियो। खेलको ८६ औं मिनेटमा मड्रिडका कप्तान रामोस रातो कार्ड खाँदै बाहिरिएका थिए।

दोस्रो लेगमा सिटी र मड्रिड मार्च १८ मा सिटीको घरेलु मैदानमा भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell