PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

रिक्सा चालकलाई ‘धुलो’ टिमको सम्मान



रिक्सा चालकलाई ‘धुलो’ टिमको सम्मान

काठमाडौं : प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘धुलो’को निर्माण टिम प्रचारप्रसारमा जुटेको छ। काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गर्दै निर्माण टिमले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ।

सम्मानीत हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाँउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाँउदै आएका बलबहादुर श्रेष्ठ रहेका छन्।

करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको व्यवस्था मिलाइएको छ। 

कार्यक्रममा ‘धुलो’ले गरेको सामाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतले प्रशंसा गरेका थिए। कलाकार बुद्धि तामाङ, आकाश अधिकारी, रक्षा राणालगायतले रिक्सामा क्षेत्रपाटी परिक्रमा समेत गरेका थिए।

यो फिल्म रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण गरिएको छ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतको अभिनय रहेको छ। ‘धुलो’ फागुन १६ गतेदेखि प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell