PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्रीकै अगाडि कड्किइन अष्टलक्ष्मी शाक्य, ‘केकमा नेपालको नक्सा राखेर काट्ने?’



प्रधानमन्त्रीकै अगाडि कड्किइन अष्टलक्ष्मी शाक्य, ‘केकमा नेपालको नक्सा राखेर काट्ने?’
नेपाल कम्युनिस्ट पार्टीकी वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य (फाइल फोटो)।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउनु नेपाली संस्कृति नभएको बताएकी छिन्। नेकपा वाग्मती प्रदेशको विशेष भेलामा शाक्यले यस्तो बताएकी हुन्।

‘जन्मदिन मनाउनुस्। तर, हाम्रो आफ्नै संस्कार छ। मलाई थाहा छैन जन्मदिनमा केक काटेर खाएको। यो हाम्रो संस्कृति होइन। त्यसमाथी देशको नक्सा राखेर,’ शाक्यले भनिन्।

अहिले साँस्कृतिक विचलन भएको भन्दै शाक्ले सामन्ती चिन्तन आफूभित्र कति छ भनेर खोज्ने कि नखोज्ने भन्दै प्रशन गरिन्।

उनले भनिन्, ‘सामन्ती राजतन्त्रलाई त ढाल्यौँ तर सामन्ती चिन्तन आफूभित्र कति छ भनेर खोज्ने कि नखोज्ने?’ 

विशेष भेलामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित छन्। जन्मदिनको अवसरमा गत आइतवार प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराई गाउँपालिका पुगेर नेपालको नक्सासहितको केक काटेपछि उनको आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell