PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खाडीमा कोरोना भाइरसको डर : साउदीले विदेशी नागरिकलाई मक्का प्रवेशमा रोक लगायो



खाडीमा कोरोना भाइरसको डर : साउदीले विदेशी नागरिकलाई मक्का प्रवेशमा रोक लगायो
File Photo : Waleed Ali/Reuters

कोभिड १९ (कोराना भाइरस) को संक्रमणको खतरा बढेसँगै साउदी अरेबियाले विदेशी नागरिकलाई मुसलमानहरुको पवित्र स्थल मक्का प्रवेशमा रोक लगाएको छ।

खाडी राष्ट्रहरुमा २ सय २० जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीले मक्का प्रवेशमा रोक लगाउने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ।

यस्तै, साउदीले प्रोफेट मोहोम्मदको मस्जिद 'मदिना' मा समेत प्रवेशमा रोक लगाएको बताइएको छ।

यही जुलाईमा साउदीको मक्कामा लाखौंको संख्यामा मानिसहरु हज यात्रा गर्दै पुग्ने गर्छन। साउदीको प्रतिबन्धसँगै हज यात्रा समेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

खाडी राष्ट्रहरुमा कोरोनाले इरान सबैभन्दा धेरै प्रभावित भएको छ। इरानबाट भाइरसको संक्रमण अन्य देशमा फैलिएकोले साउदीले सतर्कता अपनाउन शुरु गरेको बताइएको छ। इरानमा यस भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ भने १ सय ३९ जना संक्रमित भएको पुष्टि भइसकेको छ।

विश्वभर २ हजार ८ सय भन्दा धेरै मानिसको यस भाइसका कारण मृत्यु भइसकेको छ भने ८० हजारमा भाइरसको संक्रमण देखिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell