
जनकपुरधाम : धनुषाको धनौजि गाँउपालिकामा कार्यरत एक वडा सचिव २० हजार घुससहित पक्राउ परेका छन्। गाउँपालिकाको वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयबाट खटिएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो।
ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ।