PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न खानेपानी मन्त्रालय र नगरपालिकाबीच सम्झौता



उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न खानेपानी मन्त्रालय र नगरपालिकाबीच सम्झौता

काठमाडौं : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी ब्युटिफिकेसन गरिने बताएकी छिन्।

शुक्रवार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताएकी हुन्। महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताइन्।

उपत्यकाका १० वटा नगरपालिकाभित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ। ५ सय ७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन्। त्यसैगरी, २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन्।

आर्थिक वर्षको शुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ। महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीहरुको पुनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पुनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडी बढाउने सम्झौतापत्रमा उल्लेख छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको समन्वयमा कार्य सञ्चालन गर्न खानेपानीमन्त्री मगरको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell