PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

झगडा गर्नेलाई छुट्टाउन खोज्दा एक जनाको कुटपिट गरी हत्या, पाँच जना पक्राउ



सुमित मिश्र

झगडा गर्नेलाई छुट्टाउन खोज्दा एक जनाको कुटपिट गरी हत्या, पाँच जना पक्राउ

जनकपुरधाम : दुई पक्षबीचको विवादलाई साम्य पार्न गएका एकजना पुरुषलाई कुटपिट गरी हत्या गरिएको छ। शुक्रवार धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल पुलामीलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतकका छोरा कालु भनिने सुर्य नारायण पुलामीले बताए।

झगडा गरिरहेकालाई सम्झाउन जाँदा कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव र अमरजित राउतसहितका युवाले सोनेलालको हत्या गरेको कालुले आरोप लगाएका छन्।

युवाहरुको कुटाइबाट गम्भीर घाइते भएका सोनेलालको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। शवलाई अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

यता कुटपिट गरी हत्या गरेको आरोपमा सबैला नगरपालिका वडा नम्बर १ का कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत र वडा नम्बर ४ का सोनु भन्ने मोनु यादव लगायतलाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। फरार रहेको केहीको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell