PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाल ट्रस्टको जग्गा भाडामा दिने विषयमा आफ्नो संलग्नता नभएको देउवाको दाबी, 'बाँस्कोटालाई बचाउन मुद्दा मोडियो'



नेपाल ट्रस्टको जग्गा भाडामा दिने विषयमा आफ्नो संलग्नता नभएको देउवाको दाबी, 'बाँस्कोटालाई बचाउन मुद्दा मोडियो'
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिन आफ्नो प्रत्यक्ष संलग्नतामा निर्णय नभएको दाबी गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै देउवाले राजनीतिक पूर्वाग्रहमा आफ्नो नाम जोडेको तर्कसमेत गरे।

'मेरो प्रतक्ष्य संलग्नतामा नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णय भएको छैन। राजनीतिक पूर्वाग्रह गरेर मेरो नाम जोडियो', देउवाले भने।

देउवाले गोकुला बास्कोटाले ७० करोड घुस प्रकरणमा प्रधानमन्त्रीले छानविन अघि नै उनको बचाउ गर्दा छानविन प्रभावित हुने आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, '७० करोड घुस प्रकरणको अडियो आएको प्रष्टै छ। प्रधानमन्त्रीले यसमा किन बचाउ गरेको म उहाँलाइ सोध्न चाहन्छु। अनुसन्धान प्रभावित हुन्छ कि हुदैन्? छानविन हुनुपर्‍यो।'

उनले अडियोमा बाँस्कोटाले हामी भनेको हामी को हो त्यो छानविन हुनुपर्ने बताए।

बाँस्कोटा प्रकरणले नेपाल नेपाल ट्रष्टको जग्गा प्रकरणको मुद्दा मोड्न खोजिएको आरोप देउवाको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell