PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

महोत्तरीका एक वडाध्यक्षसँग भारतीय नागरिकता पनि!



सुमित मिश्र

महोत्तरीका एक वडाध्यक्षसँग भारतीय नागरिकता पनि!

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका वडा ५ का अध्यक्ष जितेन्द्र चौधरीसँग दुई देशको नागरिकता रहेको प्रमाण फेला परेको छ।

स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वार रहेका चौधरीसँग भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको उक्त प्रमाणमा उल्लेख छ।

भारतीय निर्वाचन आयोगको सूचीमासमेत चौधरीको फोटोसहितको नामावली देखिएको छ। उनको बुवा हिरा चौधरीकोसमेत फोटो सहित भारतको 'भोटर लिस्ट'मा नाम उल्लेख छ। उनीहरूले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदानसमेत गरेको स्रोतको दाबी छ।

भारतीय निर्वाचन आयोगको नामावलीलाई  आधार बनाएर वडाध्यक्ष चौधरीविरुद्ध रामगोपालपुर नगरपालिका वडा नम्बर-८ का हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा वडाध्यक्ष चौधरीको नागरिकता छानविन गर्न माग गर्दै उजुरीसमेत दिएका छन्।

उजुरीकर्ता ठाकुरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा वडाध्यक्ष चौधरीले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभाको चुनावमा समेत भोट गरेको प्रमाण समेत पेश गरेका बताए। पैसाको चलखेल र फर्जी कागजात पेश गरेर वडाध्यक्ष चौधरीले भारतीय नागरिकताको साथै नेपाली नागरिकता लिएको ठाकुरले आरोप लगाएका छन्। यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कार्वाही गर्ने बताए।

ठाकुर आफुले  सबै प्रमाण लिएर जलेश्वर नगरपालिका सहित विभिन्न कार्यालयमा गए पनि  कसैले अहिलेसम्म खासै चासो नलिएको बताउँछन्। यता जलेश्वर नगरपालिकाकी उपमेयर सिता साहले उजुरीकर्ता ठाकुरले वडाध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै यसअघि भारतको विभिन्न कागजातहरु लिएर पालिकामा आएको भएपनि नागरिकता सम्बन्धि आफुहरुसँग कुनै अधिकार नभएका कारण चासो नलिएको बताइन्। उनले यस सम्बन्धमा प्रशासनलाई सुक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell