PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

छक्कबहादुरले संसदमा भने, 'चीनसँग जोडिएका नाकामा हिउँले क्वारेन्टाइनको काम गरेको  छ'



छक्कबहादुरले संसदमा भने, 'चीनसँग जोडिएका नाकामा हिउँले क्वारेन्टाइनको काम गरेको  छ'

काठमाडौं : सांसद उमा रेग्मीले कोरोनाको संक्रमणबाट बच्न खुल्ला नाकालाइ बन्द गर्न आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद रेग्मीले कोरोना संक्रमणबाट देशलाई जोगाउन उच्च सतर्कता अपनाउनु पर्ने बताइन।

उनले भनिन्, 'डब्लुएचओले नेपाललाइ पनि कोरोनाको उच्च जोखिम रहेको बताएको छ। अरु देशले उच्च सतर्कता अपनाएका पनि छन्। तर हाम्रोमा सिमा नाका खुल्ला छ। यि नाकाहरु बन्द गर्नु पर्‍यो।'

उनले विद्यालयमा पनि उच्च सतर्कता अपनाउनु पर्ने बताइन।

यस्तै अर्का सांसद छक्कबहादुर लामाले पनि शुन्य समयमै बोल्दै चीनसँग जोडिएको तातोपानी र रसुवामा मात्रै क्वारेण्टाइनको व्यवस्था गरिएको भन्दै सरकारको आलोचना गरे।

'चीनसँग जोडिएका तातोपानी र रसुवाबाहेक नाकामा क्वारेन्टाइनको ब्यवस्था छैन। अरु ठाउँमा हिउँले मात्रै क्वारेण्टइनको काम गरिरहेको छ। हिउँ पग्लियो भने स्थिति भयावहको अवस्था छ,' उनले भने।

सांसद कुमारी तुल्सी थापाले पनि उच्च सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना गरिन्।

नेपाल उच्च जोखिममा छ भनेर डब्लुएचओले भनेको छ। नेपालमा एक जना बाहेकमा कसैमा देखिएको छैन भन्ने सुनेकी छु। नेपालमा कोरोना भाइरसको रोकथामको हेल्थ इन फाउण्डेसन र ट्राभल हिस्ट्रि फर्मको व्यवस्था गर्नु पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell