PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेसले तोक्यो ७ केन्द्रीय विभागका प्रमुख



कांग्रेसले तोक्यो ७ केन्द्रीय विभागका प्रमुख

काठमाडौं : नेपाली कांग्रेसले सात केन्द्रीय विभागहरुको प्रमुख तोकेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित)को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन्।

जसमा शुभेच्छुक संस्था समन्वय विभागको प्रमुखमा एन.पी. साउद, वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा अम्बिका बस्नेत, महिला विभागमा ईश्वरी न्यौपाने तथा राज्य प्रशासन विभागमा केशवकुमार बुढाथोकी मनोनित भएका छन्।

त्यस्तै मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुखमा मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell