PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओझेलमा परेको ताङतिङ गाउँको श्रीपेच : क्रबू डाँडा

ओझेलमा परेको ताङतिङ गाउँको श्रीपेच : क्रबू डाँडा


  • राजु आचार्य-

ताङतिङ गाउँबाट हिँडेर वा फोरव्हिल गाडीमा क्रबू डाँडा पुग्न सकिन्छ। यतिखेर हिउँले सेताम्मे यो डाँडाबाट अन्नपूर्ण र मनास्लु हिम शृङ्खला प्रस्टै देखिन्छ। यहाँबाट पोखरा उपत्यका पनि राम्रो सँग नियाल्न सकिन्छ।

घना बनमा घोरल, बन कुकुर, ध्वाँसे चितुवा, हिमाली भालु, डाँफे, मुनाल, कस्तुरी देख्न तथा तिनका आवाज सुन्न सकिन्छ। ३ हजार मिटर उचाइमा रहेको यो ठाउँमा धर्मशाला बनाइएको छ। सबै हिसाबले उत्कृष्ट यो ठाउँ भने लामो समयदेखि ओझेलमा पर्‍यो। यो क्षेत्रको प्रचारको लागि भनेर आगामी वैशाख १ देखि १० गतेसम्म क्रबू महोत्सव पनि हुँदै छ।

गुराँस लटरम्म फुल्ने बेलामा मादी गाउँपालिकाले आयोजना गर्न लागेको सो महोत्सवमा वा अहिले नै हिउँ खेल्न गई हाल्न सकिन्छ यहाँ। मादी गाउँपालिकाको घ्यामराङ, याङजाकोट, वार्चोक, भाचोक, नागीधार, पोसी, पर्क्यु लगायत लमजुङ जिल्लाबाट समेत क्रपू पुग्न सकिन्छ।

बिहान ८ बजे र बेलुकी ४ बजे नियमित बसहरू पोखरादेखि ताङतिङ गाउँसम्म चल्छन्। लमजुङ हिमालको आँखैमा अवस्थित यो गाउँ संस्कृतिका हिसाबले पनि धनी छ।यहाँ साँझ परेपछि घाटु, झ्याउरे र सोरठी हेर्न र सुन्न पाइन्छ। अनुरोध गरे आमा समूहहरूले पाहुनाको लागि नाँच प्रदर्शन गर्ने छन्। वरिपरिको हरियो बनले प्रकृतिप्रेमीहरुलाई गाउँ छोड्न मन लाग्दैन। यो गाउँको वरिपरि १० वटा ठाउँहरूबाट भिर मौरीको मह निकाल्ने चलन यथावत् छ। पाहुनालाई कुनै पनि बेला स्वागत गर्न तयार यो गाउँमा होमस्टे र होटेलहरू उपलब्ध छन्।

तस्वीरमा हेर्नुस् क्रबू डाँडाको रमणीय दृश्यहरु



ट्रेन्डिङ पोस्ट

Ncell