PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ का मुख्यमन्त्री बने ‘महामूर्ख’, फोटोमा हेर्नुस् मूर्खहरुको सम्मेलन

प्रदेश २ का मुख्यमन्त्री बने ‘महामूर्ख’, फोटोमा हेर्नुस् मूर्खहरुको सम्मेलन

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलनमा आयोजना भएको छ। मिथिला नाट्यकला परिषदले हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर परिसरमा उक्त सम्मेलन आयोजना गर्दै आएको छ। यो वर्ष कार्यक्रममा मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्य,  गाउँपालिकाका अध्यक्ष लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुले सम्मेलनमा भाग लिए।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष १७ जनासम्मलाई मूर्खको उपाधि दिन्छ। जसमध्ये एक जना महामूर्ख घोषित हुन्छ। यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधी दिइयो। दुई दिवसिय कार्यक्रमको समापनसँगै उनी महामूर्ख घोषित भएका हुन्। साथै अन्य १३ जनालाई मूर्खको उपाधी दिइएको थियो।

त्यस्तै भभकौवाको उपाधी प्रदेशसभा सदस्य परमेश्वर साह, पटमूर्खको उपधी प्रदेशसभा सदस्य मनिष सुमन, हराशंकरको उपाधी प्रदेशसभा सदस्य राम आशिष यादव, विलौर शंकरको उपाधी प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, टुनमुसरीको उपाधि जनकपुरधाम उपमहानगरपालिकाकि उपप्रमुख रिता कुमारी मिश्र, साहित्यकार रोशन जनकपुरीलाई बलगोभना, बृहतर जनकपुरका कार्यकारी निर्देशक बलराम मिश्र खेसारीलालको उपाधी पाएका हुन्।

त्यस्तै महोत्तरीको पिपरा गाँउपालिकाका अध्यक्ष विक्रम चौधरी, प्रधानाध्यापक बलराम साह बज्रकिट, साहित्यकार पुनम झा मैथिल अदल बदली, मैथिली विकासकोषका अध्यक्ष जिवनाथ चौधरी घरघुसना, पत्रकार महासँघ धनुषाका अध्यक्ष अनिल मिश्र लोढा शंकर र युवा अभियान्ता सुशील कर्णले वंश कुरहरका उपाधी पाएका हुन्।

हाँस्य व्यङ्ग्यका लागि आयोजित कार्यक्रममा कविता वाचन एवं जोगिरा पनि भएको थियो। कवितामार्फत् कविहरुले विभिन्न व्यक्तिलाई विषयगत् कटाक्ष गरेका थिए।

फोटो : सुमित मिश्र



ट्रेन्डिङ पोस्ट

Ncell