PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टोटेनहम च्याम्पियन्स लिगबाट बाहिरियो



टोटेनहम च्याम्पियन्स लिगबाट बाहिरियो

च्याम्पियन्स लिगको गएराति भएको अन्तिम १६को खेलबाट साविक उपविजेता टोटेनहम बाहिरिएको छ।

मंगलबार राति भएको दोस्रो लेगको खेलमा लेइप्जिगसँग ०-३ को हार बेहोर्दै टोटेनहम बाहिरिएको हो। घरेलु टोलीको जितमा मार्सेल सविट्जर र एमिल फर्सबर्गले गोल गरे। मार्सेलले खेलको १० औं र २१ औ मिनेटमा गोल गरेर टोलीलाई पहिलो हाफमा दुई गोलको अग्रतामा पुर्याएका थिए।

त्यस्तै, दोस्रो हाफमा इमिलले एक गोल गरे। उनले खेलको ८७ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको ३-० को जित सुनिश्चित गरे। यसअघि टोटेनहमको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पनि लेइप्जिगले १-० को गोलअन्तरले जित निकालेको थियो। गएरातिको थप तीन गोल सँगै उसले समग्रमा ४-०को गोल अन्तरले टोटेनहमलाई हरायो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा एटलान्टाले भ्यालेन्सियालाई ४-३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell