PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

राप्रपा छाड्दै विष्णुविक्रम, प्रवेश गर्लान् कांग्रेसमा?



राप्रपा छाड्दै विष्णुविक्रम, प्रवेश गर्लान् कांग्रेसमा?

काठमाडौं : दुई राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन २८ गते एकता भएको छ। राप्रपा एकतापछि यस पार्टीका केही प्रभावशाली नेताहरु पार्टीले लिएको सिद्धन्तको विरोध गर्दै पार्टी छाड्ने तयारीमा लागेका छन्।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल थापाले पार्टी छाड्ने चर्चा चलिरहेकै बेला सिन्धुपाल्चोकका प्रभावशाली राप्रपा नेता विष्णुविक्रम थापा पनि सुनिलको लाइनमा लागेका छन्।

उनले पार्टी छाड्ने निर्णय गरेपछि सिन्धुपाल्चोक कांग्रेसले उनको धारणा बुझ्न काठमाडौंमा शनिवार अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा पूर्व गृह राज्यमन्त्रीसमेत रहेका विष्णुविक्रमले राप्रपाले राजतन्त्र रोजेकोमा आफूलाई चित्त नबुझेको बताए। त्यसैले एकता भएको पार्टीमा आफू नअट्ने र उचित समयमा कांग्रेसमा प्रवेश गर्ने जनाए। यद्यपि उनले आफू कुन समयमा कांग्रेस प्रवेश गर्ने भन्ने विषय खुलाएनन्।

२०५१ मा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विष्णुविक्रम निर्वाचित भएका थिए। पार्टी एकता हुनुअघि पशुपति शम्शेरको राप्रपा संयुक्तमा रहेका थापा सुनिल थापा गुटमा थिए।

पशुपति शम्शेरले कमल थापाको सिद्धान्तलाई अँगालेपछि सुनिल थापा गुटले एकता बहिस्कार गरिसकेको छ। यही सन्दर्भमा कांग्रेसले बौद्धस्थित नेपाल लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जिल्ला सचिव बिलबहादुर तामाङले बताए। विष्णुविक्रमको प्रवेशले जिल्लामा लोकतान्त्रिक शक्ति बलियो हुने उनले दाबी गरे। कार्यक्रममा कांग्रेस जिल्ला सभापति विकास लामा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत नेताहरुको उपस्थिति थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell