PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ को नामाकरण : नेकपा र कांग्रेसले प्रस्ताव गरेको नाम भएन पारित



सुमित मिश्र

प्रदेश २ को नामाकरण : नेकपा र कांग्रेसले प्रस्ताव गरेको नाम भएन पारित

जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार वटा प्रस्तावहरुमध्ये नेपाल कम्युनिस्ट पार्टी नेकपाले जानकी प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको छ।

नेकपाको तर्फबाट प्रदेशसभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव आजको सदनमा प्रस्तुत गरेका थिए।

जसमध्ये नेकपा प्रस्तावित जानकी प्रदेशका लागि प्रदेश दुईका १०७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। जानकी प्रदेशको पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० वटा मत खसेको छ।

नम्बर दुईको नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाईएको हो।

प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार वटा प्रस्तावहरुमध्ये नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरासमेत अस्वीकृत भएको छ।

नेपाली काँग्रेसको तर्फ बाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell