PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ को नामाकरण : ‘मध्यमधेश’ पनि अस्वीकृत



सुमित मिश्र

प्रदेश २ को नामाकरण : ‘मध्यमधेश’ पनि अस्वीकृत

जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको छ।

‘मध्यमधेश’ नामलाई ४२ मत खसेको थियो। ३० मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन।

यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जानकी प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको थियो। नेकपाको तर्फबाट प्रदेश सभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव मंगलवारको सदनमा प्रस्तुत गरेका थिए।

त्यस्तै प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरासमेत अस्वीकृत भयो। नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

प्रदेश नम्बर २ को नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell