PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ को नामाकरण : सत्तारुढ गठबन्धनले प्रस्ताव गरेको ‘मधेश’ पनि अस्वीकृत



सुमित मिश्र

प्रदेश २ को नामाकरण : सत्तारुढ गठबन्धनले प्रस्ताव गरेको ‘मधेश’ पनि अस्वीकृत

जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मधेश’ नाम पनि अस्वीकृत भएको छ। सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको हो।

‘मधेश’ नामको पक्षमा ६० मत खसेको थियो। १२ मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन।

यसअघि ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको थियो। ‘मध्यमधेश’ नामलाई ४२ मत खसेको थियो। कांग्रेस सांसद राजेश्वरप्रसाद साहले पार्टीको निर्णयविपरीत सो प्रस्ताव दर्ता गरेका थिए।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाले ‘जानकी’ प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको थियो। नेकपाको तर्फबाट प्रदेश सभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव मंगलवारको सदनमा प्रस्तुत गरेका थिए।

यसैगरी कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’समेत अस्वीकृत भयो। नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

प्रदेश नम्बर २ को नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell