PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीन लाख भारुसहित एक जना भारतीय पक्राउ



सुमित मिश्र

तीन लाख भारुसहित एक जना भारतीय पक्राउ

जनकपुरधाम : जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट तीन लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलवार दिउँसो १ बजे श्री एयरलाइन्सबाट काठमाडौं जान लागेका यात्रुहरुलाई जाँच गर्दा प्रहरीले भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत वडा नम्बर ९ बस्ने २० वर्षीय शिवम कुमारलाई तीन लाख भारुसहित पक्राउ गरेको हो।

प्रहरीले चेकजाँच गर्ने क्रममा शिवमको शरीर तथा उनले बोकेको झोलाबाट २ हजारका १५० थान नोट बरामद गरेको छ। आवश्यक कारबाहीको लागि बरामद गरिएको रकमसहित शिवमलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell