PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

एसइईको प्रवेश पत्र उपलब्ध गराउन दुई हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ



सुमित मिश्र

एसइईको प्रवेश पत्र उपलब्ध गराउन दुई हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापक दुई हजार घुससहित पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो बुधबार दिउँसो घुससहित रंगेहात अख्तियारको फन्दामा परेका हुन्।

एसइईका एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन दुई हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।

बिहीवारदेखि शुरु हुन लागेको एसइई परीक्षाको फारम अघि नभरेको बहाना बनाउँदै प्रअ महतोले प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीसँग २ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell