PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अस्ट्रेलियाबाट फर्किएको न्युजिल्यान्डका क्रिकेटरहरु सेल्फ आइसोलेसनमा



अस्ट्रेलियाबाट फर्किएको न्युजिल्यान्डका क्रिकेटरहरु सेल्फ आइसोलेसनमा

अस्ट्रेलियाबाट फर्किएको न्युजिल्यान्डको क्रिकेट टिमलाई न्युजिल्यान्ड सरकारले १४ दिनका लागि आइसोलेसनमामा राखेको छ। ३ म्याचको सिरिज खेल्न अस्ट्रेलिया पुगेको न्युजिल्यान्डको टिमले पहिलो म्याचमा हार ब्यहोरेको थियो भने पछिल्ला दुई खेल रद्द भएका थिए।

कोरोना भाइरसका कारण टिमलाई स्वदेश फर्कन निर्देशन दिइएको थियो। न्युजिल्यान्डको टिम बोलिङ्टन पुगेसँगै सेल्फ आइसोलेसनमा बस्न भनिएको थियो।

न्युजिल्यान्ड क्रिकेट बोर्डले खेलाडीहरुलाई सेल्फ आइसोलेसनमा राखिएको पुष्टी गरेको हो। न्युजिल्यान्ड क्रिकेटका पब्लिक अफियर म्यानेजर रिचार्ड बुकले भनेका छन्, 'सबै खेलाडीहरु सेल्फ आइसोलेसनमा गएका छन्। हामीले उनीहरुले सेल्फ आइसोलेसनबारे सबै जानकारी दिइसकेका छौं।'

न्युजिल्यान्डका जेसिन्डा आर्डनले बुधबार विदेशबाट फर्कने सबैजना सेल्फ आइसोलेसनमा बस्न अनिवार्य हुने बताएकी थिइन्।

'विदेश यात्राबाट फर्कने जो कोहीलाई पनि १४ दिनको सेल्फ आइसोलेसन अनिवार्य गरिएको छ। यदी कसैले यो उल्लंङघन गर्छ भने कानुनी कार्वाही हुनेछ। सरकार जनताको स्वास्थ्यलाई लिएर गम्भीर छ। यसका लागि क्याविनेटले स्पेसल फन्ड पनि जारी गरेको छ।' प्रधानमन्त्री जेसिन्डाले जारी गरेको निर्देशनमा भनिएको छ।

न्युजिल्यान्डको क्रिकेट बोर्डले आफ्नो मुख्यालय पनि अनिश्चित कालका लागि बन्द गरेको छ। अस्ट्रेलियामा खेलेको सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड ७१ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell