PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मदिरामुक्त गर्ने भनिएको तीन दिनमा प्रदेश सभा परिसर मदिराका बोतलले भरिभराउ



सुमित मिश्र

मदिरामुक्त गर्ने भनिएको तीन दिनमा प्रदेश सभा परिसर मदिराका बोतलले भरिभराउ

जनकपुरधाम : केही दिनअघि मात्रै धनुषामा विषाक्त मदिरा खाएर २२ जनाको मृत्यु भएपछि प्रदेश २ को प्रदेश सभामा अवैध मदिरा भट्टी बन्द गर्नुपर्ने आवाज उठे। प्रदेशलाई मदिरामुक्त बनाउन नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतोले समाजवादी पार्टी सचेकत शैलेन्द्र यादव र राजपा पार्टीका सचेतक परमेश्वर साहको समर्थनमा विशेष महत्वको प्रस्ताव नै दर्ता गराए।

महतोले दर्ता गराएका प्रस्तावमा सदनमा सबै प्रदेश सभा सदस्यहरुले समर्थन पनि जनाएका थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ३ दिन भित्रै प्रदेश दुईमा अवैध भट्टीहरु बन्द गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

मन्त्री यादवले प्रदेशलाई नै अवैध मदिरा भट्टीमुक्त बनाउने उद्घोष गरेपनि प्रदेश सभा भवननै मदिराको खाली बोतलले भरिएको छ। कानुनमन्त्री यादवले अवैध भट्टीहरु ३ दिन भित्रै बन्द गराउने प्रतिबद्धता जनाएको केहि दिन नबित्दै प्रदेश सभा परिसरमा मदिराको खालि बोतलहरु जथाभावि फालिएको देखिएको हो।

त्यति मात्र नभई प्रदेश सभाको परिसर भित्रै फोहोरको थुप्रो पनि देखिएका छ। ती फोहोरका थुप्राहरुमै महँगा मदिराका खाली बोतलदेखि बियर तथा पानीका बोतलहरुको चाङ छ। जबकी मन्त्री यादवले चैत ३ गते बसेको प्रदेश सभा बैठकमा रोष्टममै मदिरालाई निरुत्साहित गर्ने अठोट व्यक्त गरे थिए।

उनले सो अभिव्यक्ति दिएको दुई दिन बितिसकेको छ। यद्यपि अहिलेसम्म त्यस दिशामा पहल भएको भने देखिदैन। बरु प्रदेश सभा भवनको परिसर नै मदिराका खाली बोतलले भरीभराउ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell