PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेदरल्यान्ड्सबाट भारतीय नागरिक बोकेर आएको डच विमानलाई दिल्लीमा ल्यान्‍ड गर्ने अनुमती दिन भारतद्वारा अस्वीकार



नेदरल्यान्ड्सबाट भारतीय नागरिक बोकेर आएको डच विमानलाई दिल्लीमा ल्यान्‍ड गर्ने अनुमती दिन भारतद्वारा अस्वीकार
PHOTO : NDTV

नेदरल्यान्ड्सको एमस्टरड्यामबाट ९० जना भारतीय नागरिक बोकेर आएको केएलएम रोयल डच विमानलाई भारतले फिर्ता पठाइदिएको छ। विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भारतले युरोपबाट आउने सबै उडान बन्द गरेको थियो।

यद्यपि, इच विमान भने शुक्रवार फ्लाइट प्लान बिना नै भारतीय आकाशमा प्रवेश गरेको थियो। विमानले दिल्लीमा अवतरण गर्न विमानस्थल अधिकारीहरुसँग सम्पर्क गरेको तर ल्यान्ड गर्न अनुमती नदिइएको एनडिटिभीले उल्लेख गरेको छ।

युरोपबाट आउने विमानहरुलाई मार्च ८ देखि नै भारतले प्रवेश निषेध गरेको थियो। डच विमान भने नियम उल्लंघन गर्दै दिल्लीमा अवतरण गर्ने प्रयास गरेको बताइएको छ।

आइतबारबाट भारतले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। यो नियम मार्च २९ सम्म लागू हुनेछ।

भारतमा हालसम्म २ सय ५० जनामा भाइरसको संक्रमण देखिएको छ। ३ जनाको मृत्यु भइसकेको छ। भाइरस रोकथाम गर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जनता कर्फ्यु घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell