PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्थानीय युवाले बाँडे पाँच सय थान निःशुल्क मेडिकल मास्क



सुमित मिश्र

स्थानीय युवाले बाँडे पाँच सय थान निःशुल्क मेडिकल मास्क

जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय युवा आनन्द झाले जनकपुरधाममा ५०० थान मेडिकल मास्क वितरण गरेका छन्। जनकपुरधाम भारतसँगको सीमाबाट केही भित्र मात्रै रहेकाले कोभिड-१९ को संक्रमणबाट बचाउने उद्देश्यले उनले निःशुल्क मास्क वितरण गरेका बताएका छन् छन्।

आइतवार बिहान जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बालआश्रम, जनकपुरका पत्रकार, जिल्ला प्रहरीको हिरासत कक्षमा रहेका कैदी र ई-रिक्सा चालकहरुलाई समेत कोभिड-१९ को संक्रमणबाट बच्न उनले मास्क वितरण गरे। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने स्थानीय आनन्द झाले निःशुल्क मास्क वितरण गरेका हुन्।

सर्वसाधारणमा कोरोना संक्रमणको त्रास बढिरहेको बेला सबैको स्वास्थ्यलाई ख्याल राख्दै मास्क बाँडिएको युवा झाले बताए। उनले बाहिर नगई नहुने पेशाका व्यक्तिहरुलाई खास गरी लक्षित गरेर मास्क वितरण गरेको बताए।

झाले भने, ‘यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने थियो तर यहाँका प्रदेश र स्थानीय सरकारले खासै चासो नलिएको बेला व्यक्तिगत लागतमा मास्क वितरण गरेँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell