PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मास्क र स्यानिटाइजरमा कालोबाजारी गरेको आरोपमा चार जना पक्राउ



सुमित मिश्र

मास्क र स्यानिटाइजरमा कालोबाजारी गरेको आरोपमा चार जना पक्राउ

जनकपुरधाम :  जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमण बढेपछि मास्क र सेनिटाइजरको कालोबजारी गर्नेहरुमाथि प्रहरीले कडाइ गरेको हो।  

कालोबजारी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले चार जनालाई पक्राउ गरेको हो। 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित सुस्मिता मेडिकलबाट सर्लाही बरहथवा नगरपालिका वडा नं. ८ का संजय साह, सम्पूर्ण मेडिकलबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ३२ वर्षीय संजय साहलाई मास्कको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

त्यस्तै जनकपुरधाम ८ भमरपुरा चौकस्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका वडा नं.३ का २६ वर्षीय अनिल यादव र महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ का ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबाजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell