PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टोकियो ओलम्पिक २०२० सार्ने तयारी, खेलाडी नपठाउने क्यानडाको घोषणा



टोकियो ओलम्पिक २०२० सार्ने तयारी, खेलाडी नपठाउने क्यानडाको घोषणा

जापानमा आगामी जुलाईमा तय भएको ओलम्पिक २०२० लाई कोरोना भाइरसको प्रकोपका कारण सार्ने तयारी गरिएको छ।

कुनै हालतमा प्रतियोगिता गराउने अडानमा रहेका जापानका प्रधानमन्त्री शिन्जो अबेले पहिलोपटक खेल स्थगित हुनसक्ने बताएका छन्। आज विहान संसदमा बोल्दै अबेले खेलहरु कोरोना भाइरसको महामारीका कारण सुरक्षित रुपमा गर्ननसक्ने अवस्था आएमा स्थगित गर्न सकिने बताए। यससँगै ओलम्पिक खेलहरु जुलाई २४ बाटै सुरु नहुने सम्भावना बढेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले खेल स्थगित गर्ने सम्भावनासहित आकस्मिक योजनाहरू बनाइरहेको जानकारी दिएको केही घण्टापछि प्रधानमन्त्री अबेको उक्त बयान आएको हो।

यता क्यानडाले अहिलेकै परिस्थितिमा ओलम्पिकमा भाग लिन अस्वीकार गरेको छ। जापानमा हुने ओलम्पिक स्थगित नगरे खेलाडी र टिम नपठाउने क्यानडाको भनाई छ। क्यानडाले कम्तीमा १ वर्षका लागि प्रतियोगिता सार्न सुझाव दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जापानलाई ओलम्पिक पछि सार्न सुझाव दिएका थिए।

दवावको बीच ओलम्पिक कमिटीले पनि ओलम्पिक सर्ने स‌ंकेत गरेको छ। आइतबार बसेको कार्यकारी बोर्डको बैठकले ओलम्पिक बारे ४ हप्ताभित्र निर्णय गरिसक्ने समय दिएको थियो।

आइओसीको आइतबारको विज्ञप्तिमा ओलम्पिक रद्द गर्ने एजेन्डाका रुपमा नरहे पनि यसलाई 'स्केल डाउन' गर्नु रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell