PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरीमा डुबेर एक युवकको मृत्यु



सुमित मिश्र

पोखरीमा डुबेर एक युवकको मृत्यु

जनकपुरधाम : जनकपुरधामस्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित जानकी सरोवरमा एक युवक मृत अवस्थामा फेला परेका हुन्।

सोमवार बिहान ती युवक नुहाउनका लागि सो पोखरीमा पसेको र पोखरीको बीच भागसम्म पुगेर बाहिर निस्कन नसकि उसको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। करिब ३० वर्षीय सो युवकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell