PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गीत मार्फत कोरोना भाइरसबारे जनचेतना फैलाउँदै कलाकार



गीत मार्फत कोरोना भाइरसबारे जनचेतना फैलाउँदै कलाकार

काठमाडौं : विश्व त्रसित बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चेतनामुलक गीत सार्वजनिक भएको छ।

गीतमा कोरोना भाइरसबाट बच्ने उपायदेखि अन्य जानकारी दिइएको छ। सरोज ओलीको शब्द र दिपक शर्माको संगीत रहेको गीतलाई डेभिड शंकर र बेनिशा पौडेलले संयुक्त रुपमा गाएका हुन्। 

गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेशसिंह गुरुङ, दिपीका थापालगायत कलाकारहरु फिचर्ड छन्। शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन्।

शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि उक्त गीत निर्माण गरेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell