PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'पत्रकार'को भेषमा हिरा लुट्ने योजना, प्रहरीकै साथ



'पत्रकार'को भेषमा हिरा लुट्ने योजना, प्रहरीकै साथ

काठमाडौं : २०७५ वैशाखमा एक युवकले टेलिभजन इतिहासमा एउटा नयाँ इतिहास रच्ने भन्दै ‌औपचारिक कार्यक्रममार्फत नै घोषणा गरे। यसअघि रवि लामिछानेले टेलिभिजनमा ६२ घन्टा १८ मिनेट टक शो चलाएर गिनिज बुकमा नाम लेखाएका थिए।

ती युवकले केही समयमा नै रमाइलो टेलिभिजनमा कार्यक्रम गर्ने घोषणा गरेका थिए। तर उनको त्यो कार्यक्रम भने कहिले पनि प्रसारण भएन। आफूलाई कान्छो पत्रकार भन्दै चर्चा कमाइ रहन रुचाउने उनी थिए - सुजन आचार्य।

ललितपुको भैंसेपाटी बस्ने सुजन आइतवार एकाएक मकवानपुरबाट पक्राउ परे। उनीमाथि लागेको आरोप सामान्य थिएन। अभियोय थियो - प्रहरीसँग मिलेर लाखौंको हीरा लुट्ने। उनको कसुर प्रमाणित भएमात्र डाँका मुद्दामा ७ वर्षदेखि १४ वर्षसम्म कैद र १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

आचार्यले आफू पत्रकार भन्दै विभिन्न ठाउँमा ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले प्रहरीका आइजीदेखि विभिन्न नेतासम्मको नाम देखाएर ठगी गर्ने गरेको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। आचार्यको फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दशैंमा टीका लगाएको फोटोदेखि तत्कालिन प्रहरी महानिरीक्षक र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालसँग कुम नै मिलाएर खिचिएका फोटाहरु भेटिन्छन्।

त्यसो त उनी अहिले कुन मिडिया हाउसमा आवद्ध छन् भन्ने खुल्दैन।

उनीसँगै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) सुरेन्द्रबहादुर बसेल, प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेतसमेत पक्राउ परेका थिए। उनीहरु मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगने बस्ने  ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हीराजस्तो देखिने सेतो टल्किने पत्थर किन्न पुगे। अनि, हीरा हेरेपछि उक्त हीरा लिएर फरार भए।

हीरा लुटिएको खबर गुरुङले प्रहरीलाई दिइन्। त्यसपछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक विकासकुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गर्न थाल्यो।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ स्थित थाना बजारमा ३-०१-०१-००२२ च ३३६२ नम्बरको कारसहित पक्राउ परे। उनीहरुसँग लुटिएको हीरा पनि फेला पर्‍यो। दरबामार्गमा खटिएका प्रहरी आफ्नो ड्युटी सकाएर मकवानपुर लुट्ने योजना बनाएर पुगेका थिए। घटनामा संलग्न तीन जना प्रहरी नै निलम्बनमा परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell