PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा



सुमित मिश्र

धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका सरकारले मंगलवारबाट गरेको लक डाउनको पालना नगर्ने २ सय ६९ सवारीसाधान लाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएको र सवारी साधन समेत चलाइरहेको देखिए।

कोरोना भाइरसबाट भयावह स्थिति आउन सक्ने भन्दै आज बिहान ६ बजेबाट लक डाउन घोषणा गरिएपनि सवारी साधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै ट्राफिक प्रहरीले धनुषाका विभिन्न स्थानहरुबाट २ सय ६१ थान सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरी अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए। मोटरसाइकल, ट्रक, टिपर, ई-रिक्सा र खाली गाडी गरी २ सय ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

ट्राफिक प्रमुख घिमिरेले भने, 'केहि व्यक्तिलाई लागिरहेको छ कि सरकारले अरुको लागि लकडाउन गरेको छ। सरकारले घर बाहिर ननिस्कन आग्रह गरेपनि उनीहरूले त्यस आग्रहलाई बेवास्ता गरिरहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell