PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कोरोना प्रकोप, ओलम्पिक स्थगित



कोरोना प्रकोप, ओलम्पिक स्थगित
फोटो : Getty Images

कोरोना भाइरस प्रकोपसँगै टोकियो ओलम्पिक २०२० सर्ने भएको छ। आज जापानी प्रधानमन्त्री सिञ्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचबीचको वार्तापछि ओलम्पिक सार्ने सहमति भएको हो।

जुलाइमा हुने तय भएको ओलम्पिक अब २०२१ समरसम्मका स्थगित गरिएको हो। जापानी प्रधानमन्त्री आवे र आइओसी प्रेसिडेन्ड ब्याचबीच टेलिकन्फ्रेन्समार्फत वार्ता भएको थियो।

कुनै हालतमा प्रतियोगिता गराउने अडानमा रहेका जापानका प्रधानमन्त्री शिन्जो अबेले सोमवार पहिलोपटक खेल स्थगित हुनसक्ने बताएका थिए। सोमबार संसदमा बोल्दै आबेले खेलहरु कोरोना भाइरसको महामारीका कारण सुरक्षित रुपमा गर्न नसक्ने अवस्था आए स्थगित गर्न सकिने बताएका थिए।

‘मैले ओलम्पिक एक वर्ष सार्नका लागि प्रस्ताव गरेको छु। यसमा आइओसीका अध्यक्षले शतप्रतिशत सहमति दिएका छन,’ जापानी प्रधानमन्त्री आबेले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell