PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोनाका कारण अमेरिकामा एक जना नेपालीको मृत्यु



कोरोनाका कारण अमेरिकामा एक जना नेपालीको मृत्यु
प्रतीकात्मक फोटो

अमेरिकामा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। ज्वरो आएपछि अस्पताल भर्ना भएका ५० वर्षीय पुरुषको एल्महर्स्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए।

पाँचथर रानीगाउँका उनी १५ वर्षदेखि अमेरिकाको न्युयोर्क, इस्ट एल्महर्स्ट, क्वीन्समा बसोबास गर्दै आएका थिए। संक्रमण देखिएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। मृतकको परिवारमा नै कोरोनाको संक्रमण देखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell