PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

ओलम्पिक सारेकोमा जापानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई



ओलम्पिक सारेकोमा जापानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई
तस्बिर: सिएनएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिञ्जो आवेलाई ओलम्पिक पछि सारेकोमा बधाइ दिएका छन्। अघिल्लो हप्ता जापानले ओलम्पिक गराएरै छाड्नेमा दृढ रहँदा ओलम्पिक पछि सार्न सुझाव दिएका ट्रम्पले बुधवार एक ट्वीट गर्दै ओलम्पिक पछि सारेकोमा बधाई दिएका हुन्।

 

‘जापानी प्रधानमन्त्री आवे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई ओलम्पिक २०२१ मा सार्ने बुद्दिमतापूर्ण निर्णयका लागि बधाई,’ उनले अगाडि लेखेका छन्, ‘यो भव्यरुपमा सफल हुनेछ। म पनि त्यहाँ आउने पर्खाइमा छु।’

कोरोना भाइरसको बढ्दो प्रकोपसँगै मंगलबार जापानी प्रधानमन्त्री सिञ्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचबीचको वार्तापछि ओलम्पिक सार्ने सहमति भएको थियो। यही जुलाइ महिनामा हुने तय भएको ओलम्पिक अब २०२१ समरसम्मका स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell