PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दार्जिलिङमा लकडाउन उल्लंघन गर्दै हिँड्नेहरुलाई पहिला खादा, अझै अटेर गरेपछि लाठी



दार्जिलिङमा लकडाउन उल्लंघन गर्दै हिँड्नेहरुलाई पहिला खादा, अझै अटेर गरेपछि लाठी
PHOTO : DTV/Siliguri times

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै बुधबारदेखि २१ दिनसम्मका लागि लकडाउन लागू गरिएको छ। लकडाउनमा नागरिकहरुलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि अधिकांश स्थानमा मानिस हिँड्डुल गरिरहेका देखिए।

लकडाउनको समयमा अटेर गर्दै हिँड्नेहरुलाई प्रहरीले लाठी हानेको त कतै विभिन्न सजाय दिएको तस्विर र भिडियो सार्वजनिक भए।

यता दार्जिलिङ प्रहरीले भने लकडाउन उल्लंघनहरुलाई सतर्क बनाउन खादा लगाइदिए र घरभित्रै बस्न आग्रह गरे। नागरिकहरुलाई उनीहरु गलत छन् भन्ने महसुस होस् भनेर खादा लगाएर फर्काउने काम गरिएको थियो। 

तर, साँझ फेरि मानिस अटेर गर्दै घरबाहिर निस्किएपछि पछी प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। धेरै मानिस घर बाहिर निस्किएपछि प्रहरीले लाठीचार्ज गरेको थियो।  

भारतमा हालसम्म ५ सय जनाभन्दा धेरैमा भाइरसको संक्रमण देखिँदा १० जनाको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell