PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोनाबाट बच्न डाक्टरनर्सलाई सुरक्षा कवच उपलब्ध गराउन रामचन्द्र पौडेलको माग, 'विदेशमा भएका नेपालीलाई पनि ध्यान दिनुपर्‍यो'



कोरोनाबाट बच्न डाक्टरनर्सलाई सुरक्षा कवच उपलब्ध गराउन रामचन्द्र पौडेलको माग, 'विदेशमा भएका नेपालीलाई पनि ध्यान दिनुपर्‍यो'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा स्वास्थ्य क्षेत्रलाई नै सुरक्षाको अवश्यकता देखेको बताएका छन्। आज साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले डाक्टर र नर्सलाई नै सुरक्षाको आवश्यकता देखेको बताएका हुन्।

'कोभिड १९ ले गर्दा नेपाल पनि लकडाउन भएको छ। सबै एकान्तमा जीवन बिताउने। यो सरकारले अपनाएको राम्रो उपाय हो। यसले

धेरै समस्या उत्पन्न हुने देखिन्छ,' पौडेलले भने, 'यो बेला स्वास्थ्यको क्षेत्रमा धेरै ठूलो समस्या र चुनौति आएको छ। हाम्रा डाक्टर र नर्सलाई पनि सुरक्षा आवश्यक देखिन्छ।'

यस्तो बेलामा चिकित्कसलाई आवश्यक पोशाक आफूले धेरै अघिबाटै माग गरेको उल्लेख गर्दै उनले थपे, 'मैले धेरैअघि पीपीईको माग गरेको थिएँ। तर अहिले विभिन्न देशबाट आउँदै छ। त्यस्तो अवस्थामा स्वास्थ्य क्षेत्र सुरक्षित पारौं। उनीहरुका लागि सुरक्षा कवच चाहिन्छ। आइसीयुको राम्रो प्रबन्ध होस्।'

कोभिड महाभारी विश्वभरी फैलिएको पौडेलको भनाई थियो। त्यसैले राज्यले मेचीमहाकालीमात्र सोचेर नपुग्ने धारणा राखे। 'राज्य गम्भीर भएर लागोस्। मेचीमहाकालीमात्र सोचेर पुगेको छैन। नेपालीहरु विश्वभरी रहेका छन्। उनीहरुको बारेमा हामीलाई चिन्ता छ। यसको पनि ख्याल राख्नुपर्‍यो,' वरिष्ठ नेता पौडेलले भने।

त्यसैगरी उनले महामारीले नेपालमा बेरोजगार पनि बढेका उल्लेख गर्दै तिनको सम्बोधन राज्यले गर्नुपर्ने बताए। भने, 'जनजीविकाका समस्या बढेका छन्। ८० करोड जनतालाई भारत सरकारले सित्तैमा खान दिने घोषणा गरेको छ। यहाँ पनि सरकारले राहत कोष खडा गरेर देशलाई बचाउनुपर्‍यो। विदेशमा रहेकाहरुको अवस्था पनि ध्यान दिउँ। आधुनिक राज्य सारा जनताको अभिभावक हो।'

कल्याणकारी राज्यले चौतर्फी ध्यान दिनु जरुरी हुने पौडेलको भनाई थियो। विशेषगरी श्रमिक वर्गलाई सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो। भने, 'श्रमिकको आम्दानी रोकिन्छ। उनीहरुको तलब दिने ठाउँ पनि छैन। अफिस पनि छैन। उनीहरुको लागि विशेष ध्यान दिनुपर्छ।'

त्यसैगरी पौडेलले यस्तो बेला राष्ट्रिय सहमतिको सरकारसमेत चलाउन सकिने प्रस्वात राखे। 'यस्तै संकटको बेला राष्ट्रिय सहमतिमा चल्न सक्नुपर्छ। सहमतिको सरकार बनाएर चलाउन पनि सकिन्छ। यस्ता बेलामा सहमतिको सरकार बन्ने प्रथा पनि छ दुनियाँमा। सबैलाई सरकारमा सेयर दिएर साझेदार बनाएर,' पौडेलले भने।

महामारीले अबको आर्थिक अवस्थामाथि नै प्रश्न उठाउने उनले बताए। 'बजेट कस्तो बन्ने हो अब। योजना अलपत्र हुँदैछ। सात दिने लकडाउन घोषणा गरेको छ। भारतले २१ दिन लक डाउन घोषणा गरेको छ। हामी पनि यसरी नै जानुपर्न सक्छ। हाम्रो सामाजिक,आर्थिक, कुटनीतिक समस्यालाई कसरी सुधार्ने,' पौडेलले प्रश्न गरे, 'महामारी देखापरेको छ। सभ्यतामाथि नै प्रश्न गरेको छ। विश्वव्यवस्था नै कता जाने हो सोच्न बाध्य भएको छ। कुन किसिमको सभ्यता निर्माण हुने हो?'

" लकडाउन र कोभिड-१९ को चुनौती " Facebook LIVE ! Nationwide Lockdown & Covid-19 Challenges !

Posted by Ram Chandra Paudel on Thursday, March 26, 2020

यस्तो विपत्तिले उथलपुथल ल्याउने उल्लेख गर्दै उनले अब सबैले वाचडगको रुपमा काम गर्नुपर्ने सुझाव दिए। 'उथलपुथल ल्याउँदैछ। सबैलाई सचेत वर्गलाई अनुरोध गर्छु भोलिको बारेमा सोचौ। वाचडगको रुपमा काम गरौं। नयाँ समस्या आउन सक्छ। भर्खरै भूकम्पबाट उठ्न लागेको बेला यस्तो समस्या आएको छ। म सरकारलाई अनुरोध गर्छु। राहतकोष राम्रो व्यवस्था होस। स्वास्थ्य र खाद्य सुरक्षा राम्रो होस्। सरकारले कोबाट कस्तो सहयोग आह्वान गर्नुस्। सहयोग गर्न अरु राजनीतिक दल पनि तयार रहनुपर्छ। विपत्तिबाट बच्न हामीले के योगदान गर्न सक्छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell