PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बेलायतमा कोराना संक्रमणबाट छोरीको मृत्युपछि आमाले भनिन्,'आफू बचौं अरुलाई नि बचाऔं'



बेलायतमा कोराना संक्रमणबाट छोरीको मृत्युपछि आमाले भनिन्,'आफू बचौं अरुलाई नि बचाऔं'
Photo :bna.bh

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा २१ वर्षीया युवतीको मृत्यु भएको छ। विश्वव्यापी माहामारी घोषित यस भाइरसका कारण मृत्यु हुनेमा उनी हालसम्मको कम उमेरका बेलायती हुन् जसलाई संक्रमण बाहेक अन्य स्वास्थ्य समस्या थिएन।

बकिङहम्सायरकी यस युवतीभन्दा अघि १८ वर्षीय युवकको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको थियो। तर उनी अन्य स्वास्थ्य समस्याको समेत उपचार गराइरहेका थिए।

मृतक युवतीको परिवारले आम मानिसलाई यस भाइरसको संक्रमणलाई गम्भिर रुपमा लिन सुझाव दिएका छन्। उनकी आमाले भनेकी छिन्,’जसलाई लाग्छ यो सामान्य भाइरस हो, कृपया फेरि सोच्नुस्। मेरो अनुभव बोल्दैछ - यसले मेरी हुर्किएकी छोरीको जिन्दगी खोस्यो।’

उनले सरकारले सुझाएको सावधानीका उपायहरु अपनाउन समेत सुझाव दिएकी छिन्। टेलिग्राफसँग भनेकी छिन्,’भाइरस आफै फैलिरहेको छैन। मानिस यसलाई फैलाइ रहेका छन्। त्यसैले आफू बाँचौं अरुलाई पनि बचाऔं।’

बेलायतमा हालसम्म ४२२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ। बेलायतमा पनि हाल लकडाउन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell