PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सामान्य जीवनमा फर्किँदै चीन: एक साताका १० तस्विर

सामान्य जीवनमा फर्किँदै चीन: एक साताका १० तस्विर


चिनियाँ नयाँ वर्षसँगै कोरोना भाइरस कोभिड - १९ फैलियो। विश्वमै ठूलो जनसंख्या चलायमान हुने समय फैलिएको संक्रमणसँगै देशभर लकडाउन गरियो र जनतालाई क्वारेन्टाइन रहन भनियो।

दुई महिना लामो लडाइपछि चीन यतिबेला सामान्य अवस्थातिर फर्किँदै गएको छ। दृष्यमा कोभिड-१९ विरुद्धको लडाइपछि सामान्य अवस्थामा फर्किएको चीन।

जियांसु प्रान्तमा एक स्वंम्सेवी शिक्षक एक बालिकालाई विद्युतीय तारबाट चंगालाई कसरी जोगाउने भनेर सिकाउँदै।
लामो समयसम्म बन्द रहेको शांघाईको ह्याप्पी भेलिमा रमाउँदै चिनियाँ युवतीहरु।
फक्रिएका चेरीबीचमा देखिएको जियाङशु प्रान्तको जिमिङ मन्दिर।
चीनको ग्रेटवालमा सेल्फीसँगै रमाउँदै पर्यटक
हुवेइ प्रान्तको वुहानमा रहेको तोङफङ मोटर कर्प प्यासेन्जर भेइकल सब्सिडरीका कामदारहरु खाना खाँदै। -सिन्ह्वा
मार्च २० मा यो जोडीले विवाह गरेको छ। फेब्रुअरी ४ मा आइसोलेसन वार्डको सीसा वारपारबाट एकअर्कालाई चुम्बन गर्दै चङ यिन र हुवाङ छियानरिउ।
मार्च २२ मा सिचुवना प्रान्तको दुजियानमा आयोजित 'हेल्थ जग' मा सहभागि हुँदै चिनियाँहरु। चाइना न्यूज सर्भिस
चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित पोटाला दरबार क्षेत्रमा तस्विर लिँदै पर्यटक। चाइना न्यूज सर्भिस।
दुई महिना लामो बन्द पछि खुला भएको सान्सी प्रान्तको विद्यालयका विद्यार्थीहरु खाना खाँदै। सिन्ह्वा।


ट्रेन्डिङ पोस्ट

Ncell