PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनमा तस्कर गरी ल्याइएका सालकहरुमा देखियो कोरोना भाइरस जस्तै लक्षण, तत्काल बिक्रीमा प्रतिबन्ध लगाउन माग



चीनमा तस्कर गरी ल्याइएका सालकहरुमा देखियो कोरोना भाइरस जस्तै लक्षण, तत्काल बिक्रीमा प्रतिबन्ध लगाउन माग
PHOTO : GETTY IMAGES

वैज्ञानिकहरुले सालकमा कोभिड १९ (कोरोना भाइरस) जस्तै लक्षण देखिएक बताएका छन्।

बीबीसीले 'नेचर' नामक जर्नलमा सालकमा कोरोना भाइरस जस्तै लक्षण देखिएको उल्लेख गरिएको जनाएको छ। वैज्ञानिकहरुले भाइरसको आउटब्रेक रोक्न ‘वाइल्ड लाइफ मार्केट’ मा यस्तो प्रजातिको जनावरहरुको बिक्री बितरणमा रोक लगाउन माग गरेका छन्।

सालकमा देखिएको भाइरसलाई ‘सावधानीपूर्ण’ रुपमा हेर्नुपर्ने भन्दै जर्नलमा सालकबाट मानिसमा भाइरस सर्न सक्ने अवस्थाको पूर्व मूल्यांकन गर्नुपर्ने उल्लेख गरिएको छ।

युनिभर्सिटी अफ हङकङका प्रमुख अनुसन्धानकर्ता डा टमी लामले चीनमा तस्कर गरी ल्याइएका मालायन सालकहरुमा हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको तत्वहरु भेटिएको दाबी गरेका छन्।

‘सालकहरुमा लक्षणहरु देखिए पनि त्यो कोभिड १९ नै हो भन्ने अझै पुष्टि हुन बाँकी छ। जनावरबाट मानिसमा भाइरस सर्न रोक्न तत्काल नै बजारमा सालकको बिक्री बितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने।

कोभिड १९ जनावरबाट नै मानिसमा सरेको अनुमान गरिएको छ। यद्यपि, यसको वैज्ञानिक पुष्टि भने हुन सकेको छ। मलायन सालकहरुमा भाइरस भेटिएपछि भने उनीहरुमा भाइरस कसरी संक्रमण भयो भन्ने बारेमा हाल अनुसन्धान भइरहेको छ। वैज्ञानिकहरुले भाइरस दक्षिणपूर्वी एसियाबाट तस्कर गरेर ल्याउने क्रममा भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान गरेका छन्।

सालकमा भाइरस संक्रमणको लक्षण देखिएपछि वैज्ञानिकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्। चीनमा सालकको माग बढी रहेको छ। चिनियाँहरुमा सालकको मासु निकै प्रख्यात छ भने सालकलाई उनीहरुले परम्परागत औषधीका रुपमा समेत प्रयोग गर्ने गर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell